राजनीति

सरकारलाई इञ्चार्ज पौडेल मारिएको घटनाको छानबिन गर्न राज्य व्यवस्था समितिको निर्देशन



काठमाडौँ, ९ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन गरी संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एक साताभित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले सोमबार छलफल गरि पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानविन गरी एक साताभित्र समितिमा प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको समितिकी सभापति शशि श्रेष्ठले जनाएकी छन ।

बैठकमा समितिका सदस्यहरुले पौडेलको मुठभेडमा नभइ प्रहरीले हत्या गरेको दाबी गर्दै सत्यतथ्य तत्काल बाहिर ल्याउन माग गरेका थिए ।