राजनीति

चितवनमा कांग्रेसका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश



चितवन, १० असार । चितवनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु नेनेपाल कमयुनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

मंगलबार विहान आयोजित एक कार्यक्रककाबीच कांग्रेसको युवाहरुको संगठन तरुण दलका क्षेत्रीय सदस्यहरुसहित ठुलो सख्यामा युवाहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहालले तरुण दलका क्षेत्रीय सदस्यहरू दीपक थापा, सन्तोष गुरूङ, जोखबहादुर श्रेष्ठ र चोके गुरूङ लगायतका सयौं युवाहरूलाई पार्टी प्रवेश गराउनु भएको हो । उनीहरु सबै पूर्वी चितवनमा कांग्रेसका सक्रिय कार्यकर्ता रहेका थिए ।