Banner News

विप्लवको आन्दोलन पार लाग्दैन, नयाँ सोचबाट अघि बढ्नुहोस्, नत्र दुर्भाग्य हुन्छ : अध्यक्ष प्रचण्ड



चितवन, ११ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवले पछिल्लो समय गरेको आन्दोलन पार लाग्ने प्रकारको भएको बताउदै नयाँ सोचबाट अघि नबढे उनलाई नै दुर्भाग्य हुने बताउनुभएको छ ।

मंगलबार भरतपुर महानगरको नगरसभालाई सम्बोधन गर्दा पनि अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चहरुबाट नेत्रविक्रम चन्द विप्लव मूलधारमा आउनुको कुनै विकप्प नभएको दावी गर्नुभयो । उहाँले ढिलो चाँडो विप्लव मूलधारमा आउने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विकास र सम्वृद्धिको नयाँ दिशातिर अघि बढ्ने जमर्को त हामीले गरेका छौं तर कता कता फेरि यो राजनीतिक स्थीरता, स्थायीत्व बिथोलिने हो कि भन्ने चिन्ता पनि छ । शान्ति र सम्वृद्धिको यात्रामा हिडिरहेका बेला दुई चार बटा बम फड्किँदा आशंका उब्जिनु अस्वभाविक होइन । बम पड्काएर विप्लवको आन्दोलन पार लाग्ने कुरा हुँदै होइन । अहिले घटनाक्रम जसरी गएको छ, यसले उहाँहरुलाई पनि विस्तारै नयाँ सोचतिर जान प्रेरित गरेको छ भन्ने ठानेको छु ।’

१२ बुँदे सहमति, शान्ति प्रकृया, संविधानसभाको निर्वाचन आदि उपलब्धी भएको बताउँदै अध्यक्ष प्रभण्डले देशको निम्ती आफ्नो नेतृत्वले ठूलो पविर्तन गरेको बताउनुभयो । उहाँले वार्ता र छलफल नै समस्या समाधानको अन्तिम उपाय हुने भन्दै उहाँले भन्नुभयो, ‘मैले उहाँलाई बम्वई लगेको छैन, होइन । मैले कसैलाई पनि बम्वई लगेको छैन, काठमाडौं नै ल्याएको छु । उहाँलाई यति बुझ्न केही गर्नुपर्ने थियो, गर्नुभयो । यो भन्दा धेरै मलाई बोल्न नलगाउनु होला ।’