Banner News

एसइइ नतिजा सार्वजनिक (Link सहित)



काठमाडौँ, १२ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ ।

बोर्डले चारलाख ५९हजार २ सय ७५ जनको नतिजा सार्वजनिक गरेको हो । त्यसमध्ये  जिपिए ३.६ देखि ४ जिपिए ल्याउने  सामुदायिक विद्यालय तर्फ २ हजार ७ सय ९२ र निजीतर्फ १४ हजार ७ सय ८८ रहेका छन् ।

३.२ देखि ३.६ जिपिए ल्याउने सामुदायिक विद्यालयका ११ हजार २ सय २३ र नीजिका ३९ हजार ९ सय १४ रहेका छन् । त्यसैगरी २.८ देखि ३.२ जिपिए ल्याउनेमा सामु्दायिकका २६ हजार ३ सय ६६ र नीजिका ३७ हजार ३ सय ७५ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

जिपिए २.४ देखि २.८ ल्याउनेमा सामुदायिकका ५३ हजार ७ सय ३० र नीजिका २२ हजार ८ सय ३४ विद्यार्थी रहेका छन् ।  त्यसैगरी २ देखि २.४ जिपिए ल्याउनेमा सामुदायिकका ८७ हजार ७ सय ४२ र नीजिका निजी १० हजार ७ सय ६५ छन् ।

१.६ देखि २ जिपिए ल्याउने सामुदायि विद्यालयका विद्यार्थी ९० हजार ४ सय ४५ र नीजिका ४ हजार ८ सय ६२ रहेको बोर्डले जनाएको छ ।

परीक्षाकाे नतिजा www.moest.gov.npwww.doe.gov.np,  www.see.gov.npwww.neb.gov.npwww.see.ntc.net.np मा हेर्न सकिन्छ ।