Banner News

पैसा कमाउने ठोस योजना ल्याउन निगम नेतृत्वलाई प्रधानमन्त्री ओलीको आग्रह



काठमाडौँ, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले निगम नेतृत्वलाई पैसा कमाउने ठोस योजना ल्याउन आग्रह गरेका छन् ।

निगमको वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताउदै पैसा कमाउने ठोस योजना ल्याउन आग्रह गरेका हुन ।

सरकारले ऋण तिरिदिने हो भने निगम अर्को वर्ष पनि रकम माग गर्न आउने भन्दै उनले भने, ‘साग बेच्नेले त कर तिर्न सक्छ भने वायुसेवा निगमले किन सक्दैन ?’

वायुसेवा निगमले कर्मचारी सञ्चय कोष लगायतसँग लिएको ऋणको किस्ता तिर्न सकेको छैन । त्यसैले उसले सरकारसँग पैसा माग गर्दै आएको छ ।