अर्थ

सुनको मूल्य घट्यो



काठमाडौँ, १६ असार । आज सुनको मूल्य घटेको छ चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आज सुन तोलामा ५ सयले घटेर छापावाला सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६४ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय ३० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।