राजनीति

सांसदहरुको भिडियो प्रोफाइल सार्वजनिक



काठमाडौँ, १६ असार । संघीय संसदका सम्माननीय तथा माननीय सदस्यहरुको भिडियो प्रोफाईल सोमबार सार्वजनिक भएको छ ।

६१ औं संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाईल सार्वजनिक गरेको हो ।

उक्त समारोहलाई सम्बोधन गर्दे सभामुख कृष्णबहादुर महराले सरकारको सबै प्रणालीलाई पेपर लेस गरि डिजिटलाइज्ड बनाउने अभियान अन्तर्गत नै सांसदहरुको भिडियो प्रोफाईल तयार पारिएको बताए ।

उनले मन्त्रीपरिषद् बैठकमा पेपर लेस गरि ल्यापटप प्रयोग गरिएजस्तै सांसदहरुलाई पनि संसदीय गतिविधिमा प्रयोग गर्ने गरि ल्यापटप दिन लागिएको स्पष्ट पारे ।  संघीय संसद सचिवालयले तयार पारेको सांसदहरुको भिडियो प्रोफाईल संसद दिवसको सन्र्दभ पारेर सार्वजनिकीकरण गरिएको हो ।