राजनीति

नेविसंघद्वारा ५ दिने आन्दोलनको घोषणा (विज्ञप्तीसहित)



काठमाडौँ, ३ साउन । निजी कलेजले लिने चर्को शुल्क विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले ५ दिने आन्दोलनको घोषणा गरेको छ ।

आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी नेविसंघका नेताहरुले निजी कलेज र शैक्षिक संस्थाहरुमा देखिएको शैक्षिक शुल्क बृद्धि विरुद्ध एकजुट हुन आग्रह गरे ।