स्वास्थ्य

काठमाडौँ महानगरपालिकाद्वारा नगर अस्पताल निर्माण गर्दै



काठमाडौँ महानगरपालिकाले नगर अस्पताल बनाउने भएको छ ।

महानगरका अनुसार न्यूनतम शुल्कमा नगरवासीलाई सबैखाले स्वास्थ्य सेवा दिने उद्देश्यले नगर अस्पताल निर्माणको योजना बनाइएको हो ।

महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरस्तरीय अस्पताल निर्माण गर्ने उल्लेख गरेको छ । अस्पताल कहाँ निर्माण गर्ने र कति श्ययाको हुने भन्ने छिट्टै टुङ्गो लगाइने महानगरले जनाएको छ ।