स्वास्थ्य

चिकित्सकको लाइसेन्सिङ परीक्षाको नतिजा सार्वजनिक



नेपाल मेडिकल काउन्सिलले लिएको दर्ता प्रमाणपत्र परीक्षामा एमबीबीएसतर्फ ७८ र बीडीएसतर्फ ३९ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् ।

काउन्सिलले शनिबार लिएको परीक्षामा एमबीबीएस तर्फका १ हजार ३ सय ११ जना उत्तिर्ण भएका छन् भने बीडीएसतर्फ १ सय ३८ जना उत्तिर्ण भएका छन् ।

एमबीबीएस अध्ययन पूरा गरेका १ हजार ६ सय ८१ जनाले चिकित्सकको लाइसेन्सिङ परीक्षाका लागि फर्म भरेका थिए भने बीडीएस तर्फका ३ सय ५३ जनाले फर्म भरेका थिए ।