स्वास्थ्य

विराट मेडिकल कलेजमा ५० प्रतिशत शल्यक्रियामा छुट



विराटनगरस्थित विराट मेडिकल कलेजमा शल्यक्रियामा ५० प्रतिशत छुटको घोषणा गरेको छ ।

आफ्नो ५ औं वार्षिक उत्सवको अवसरमा कलेजले विरामीको शल्यक्रियामा ५० प्रतिशत छुटको घोषणा गरेको हो ।

मेडिकल कलेजले सर्जरी लगायत हाडजोर्नी, नशा, नाक, कान र घाँटी, स्त्रीतथा प्रसुतिजस्ता समस्या भएकाहरुलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

२४ सै घण्टा रेडियोलोजी सेवा, आकस्मिक सेवा, बिशेषज्ञ सेवा, फार्मेसी सेवा, ब्लड बैंक, ओपीडी सेवा, सधन उपचार कक्ष, सिसियू, आईसियू, बाल सधनउपचार कक्ष, एनआईसियू, पीआईसियू, मेडुलर शल्यक्रिया कक्ष, निःशुल्क खोप कार्यक्रमहरु उपलब्ध भएको मेडिकल कलेजले जनाएको छ ।

त्यसैगरी आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य बिमा कार्यक्रम जस्ता सरकारी कार्यक्रम समेत यस अस्पतालले सहजरुपमा सञ्चालन गर्दै आएको छ ।