समाचार

मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु



बुटवल, ३  भदौ । बुटवलमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो पूर्वपश्चिम राजमार्गको बुटवल उपमहानगरपालिका वडा नम्बर-१२ ढवाहामा लु ३२ प ५००१ नम्बरको मोटरसाइकल दुर्घटना हुदा गुल्मी गुर्जुधाराका चालक २६ वर्षीय सुवास पछाईको मृत्यु भएको हो ।

लु २ च ३२६ नम्बरको मालसामान बोक्ने (छोटा हात्ती) को ठक्करबाट मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।