अर्थ

आज सुनचाँदीको मूल्य



काठमाडौँ, ३ भदौ । आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

आज सुन स्थिर रह्दै छापावाला सुन आज पनि स्थिर रहँदै प्रतितोला ७१ हजारमै कारोबार भइरहेको छ भने तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ७० हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी भने ५ रुपैयाँले घटेर प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।