राजनीति

पत्रकार रवि लामिछानेलाई ५ दिनको म्याद थप



काठमाडौँ, ३ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको विषयमा पक्राउ पत्रकार रवि लामिछानेसहितका ३ जनलाई दोस्रो पटक म्याद थप गरिएको छ ।

आज चितवन जिल्ला अदातमा पेस गरिएका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालतले आदेश दिएको हो ।

उनीहरुलाई न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

गत हप्ता शुक्रबार पक्राउ परेका लामिछानेसहित ३ जनालाई यसअघि पनि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप १० दिन थुनामा राख्न अदालतमा माग गरेको थियो ।