Banner News

पार्टीमा एकैचोटी मानापाथी जोखे जस्तो सबै कुरा मिल्दैनः उपप्रधानमन्त्री पोखरेल



काठमाडौ ३ भदौ ।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले माना पाथी जोखे जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नम्बर ५ ले राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोख्रेलले पार्टी भित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोख्न नमिल्ने बताएका हुन् । नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउदै जानुपर्ने बताए ।

‘प्रक्रियाबाट नमिलेका कुराहरु मिलाउँदै जाने हो । एकैचोटी मानापाथी जोखे जस्तो सबै कुरा मिल्दैन पार्टीमा उनले भने ।एकदम ढ्याक्क ढ्याक्क कति किलो जस्तो हुँदैन । यो जोखे जस्तो हुँदैन । नमिलेका कुराहरु भोली व्यवहारमा मिलाउदै जाने जान सकिन्छ ।
दुई पार्टी मिलेर एउटै पार्टी बनेकाले अब नेतृत्वको निर्णयलाई स्वीकार गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन समेत दिए ।