राजनीति

पत्रकार रविकी पत्नि निकिताले विद्युतीय प्रमाण कीर्ते गर्नेविरूद्ध प्रहरीमा दिइन् उजुरी



काठमाडौँ, ४ भदौ । पत्रकार रवि लामिछानेकी पत्नि निकिता पौडेलले विद्युतीय प्रमाण कीर्ते गर्नेविरूद्ध महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएकी छन ।

बुधबार पत्रकार पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो कीर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँ पुगेर जाहेरी दिएकी हुन् ।