मनोरञ्जन

निधनपछि मेरो सम्पति छोराछोरीलाई बराबरी भाग लाग्छ : बलिउड अभिनेता बच्चन



एजेंसी, १० भदौ । बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो निधनपछि उनको सम्पतीलाई छोरा र छोरी दुबैलाई बराबरी बाँडिने बताएका छन ।

उनले आफ्नो सम्पति आफ्ना एकमात्र छोरा अभिषेक बच्चनले नपाउने घोषणा गरेका छन् । हालै उनले आफूले चलाउँदै आएको एक टेलिभिजन कार्यक्रममा आएका पाहुना समक्ष भनेका छन, ‘म नरहेपछि धेरै थोरै जे सम्पति छ, त्यो मेरो संतानको हुनेछ । मेरा एक छोरा र एक छोरी छन्। यो दुबैलाई बराबरी बाँडिनेछ ।’

अमिताभले यस्तो निर्णय गर्दै छोराछोरीलाई बराबरी गर्नुपर्ने संदेश दिन खोजेका छन् । धेरैले अमिताभको यस कदमको स्वागत र प्रशंसा गरेका छन्।