मनोरञ्जन

रेखाको फिल्ममा प्रदीपलाई अफर



काठमाडौँ, १० भदौ । अभिनेत्री रेखा थापाले निर्माण गर्ने लागेको फिल्ममा नायक प्रदीप खड्कालाई अफर गरिएको स्रोतले जनाएको छ ।

उनीसँग निर्देशक रेनशाले केही दिन अगाडि फिल्मको विषयमा कुराकानी गर्न भेट गरेकी थिइन् । रेनशाले प्रदीपलाई फिल्म गर्न आग्रह गरेको जनाईएको छ । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ ।  चाँडै रेखा पनि फिल्मको विषयमा कुरा गर्न उनीसँग भेट गर्दैछिन् ।