राजनीति

प्रदेश १ द्वारा लोकसेवा विधेयक पारित



विराटनगर, १० भदौ । प्रदेश १ को प्रदेशसभा बैठकबाट लोक सेवा विधेयक पारित भएको छ ।

आज आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशसभा बैठकमा पेश गरेको प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई सर्वसम्मतले परित गरेको हो ।

प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा संसोधन गरेपछि थप छलफलका लागि सुशासन तथा योजना समितिमा पठाइएको थियो । विधेयकको प्रतिबेदनसहित आन्तरीक मामिला तथा कानुनमन्त्री कार्कीले बैठकमा प्रस्ताव पेश गरेका थिए ।