राजनीति

सूर्यविनायकमा साझेदारी मञ्चको बैठक : नगरपालिकाद्धारा कृषि प्रबद्र्धन ऐन संशोधन गर्ने प्रतिबद्धता



भक्तपुर, ११ भदौ । सूर्यविनायक नगरपालिकाले यस अघि निर्माण गरेको कृषि प्रबद्र्धन ऐन संशोधन गर्ने प्रतिबद्धता जनाएको छ । ऐनमा जैबिक विषादिको प्रयोग गर्न किसानलाई उत्साहित गर्दै रसायनिक विषादि निरूत्सायि गर्नका लागि ऐन संशोधन गर्ने प्रतिबद्धता जनाएको हो ।
मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले कृषि प्रबद्र्धन ऐनमा संशोधन सम्बन्धमा मंगलवार गरेको साझेदारी मञ्चको बैठकमा नगरपालिकाले ऐनलाई किसानमैत्री बनाउनका लागि संशोधन गर्ने भएको हो ।

नगरपालिकाका उपप्रमुख एवं साझेदारी मञ्चका संयोजक जुना बस्नेतले नगरपालिकाले आफैंले गर्नुपर्ने काम मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले गरेर नगरपालिकालाई सहयोग गरेको भन्दै आगामी पुसमा बस्ने नगरसभाले कृषि प्रबद्र्धन ऐन संशोधन गरिने बताउनुभयो । उहाँले स्थानीय किसानलाई विषादि रहित तरकारी उत्पादन गर्न उत्साहित गर्नका लागि ऐन संशोधन गर्न तयार रहेको स्पष्ट गर्नुभयो ।

नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले नगरपालिकाले छोटो अवधिमा धेरै ऐन निर्माण गरेको बताउँदै किसानको आवश्यक्ता अनुसार कृषि प्रबद्र्धन ऐन संशोधन गर्ने बताउनुभयो ।  उहाँले नगरपालिकाले जमिन खण्डिकरण रोक्दै गएको, खेतियोग्य जमिनलाई संरक्षण गर्ने गरिएको जानकारी दिदै नगरपालिकाले किसानमैत्री कार्यक्रम ल्याएको बताउनुभयो ।

वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नं. २ का वडाध्यक्ष कमलनाथ आचार्य, वडा नं. ३ का वडाध्यक्ष शिवशरण खत्री, वडा ४ का वडाध्यक्ष उत्तम थापा लगायतले नगरपालिकाले यसअघि पनि अन्य ऐन संशोधन गर्दै गएकाले आवश्यक्ता अनुसार कृषि प्रबद्र्धन ऐन पनि संशोधन गर्ने बताउनुभयो ।
सो अवसरमा सूर्यविनायक नगरपालिका राजश्व शाखा प्रमुख अनिरुद्ध नेपाल, शिक्षा शाखा उपप्रमुख सालीकराम कोइराला,.स्वास्थ्य शाखा प्रमुख बसन्त चाँपाँगाई राष्ट्रिय कृषक महासंघ भक्तपुरका अध्यक्ष टेकबहादुर लागेजु लगायतले समयको माग अनुसार नगरपालिकाले निर्माण गरेको ऐन संशोधन गर्न सकिने धारणा राख्नु भएको हो ।