राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै



काठमाडौँ, ११ भदौ । नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

आज दिउँसो २ बजे बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन । महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो ।

कांग्रेसको नर्सरी भनिने नेविसंघ गत माघ महिनादेखि नेतृत्वविहीन छ । सबैभन्दा बढी विवाद रहेको नेविसंघको नेतृत्व तोक्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवा आफैंले लिएका छन् । कांग्रेसको केन्द्रीय समितिको बैठक असार तेस्रो सातादेखि जारी छ ।