स्वास्थ्य

ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य जाँच



गोरखा, २ असोज । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि घरमा गएर उपचार सेवा दिन शुरु गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम’ सञ्चालन गरी ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा दिन शुरु गरेको गाउँपालिकाले जनाएको छ ।

कम्तीमा महीनाको पाँच दिन मात्र स्वास्थ्यकर्मी घर–घरमा पुगेर ज्येष्ठ नागरिक स्वास्थ्य जाँच गर्दा पनि सबै ज्येष्ठ नागरिकमा स्वास्थ्यसेवा पु¥याउनका लागि कार्यक्रमको थालनी गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको घरमै पुगेर उपचार दिने योजना बनाएको भए पनि स्वास्थ्यकर्मीको सङ्ख्या थोरै भएकाले त्यो सम्भव नभएपछि पहिलो चरणमा ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि सेवा दिने शुरु गरेको छ । एकजना स्वास्थकर्मीले एक दिनमा कम्तीमा २० जना ज्येष्ठ नागरिकको स्वास्थ्यपरीक्षण गर्न सक्ने गाउँपालिकाले जनाएको छ ।