स्वास्थ्य

कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने



काठमाडौँ, २९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७६/७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय तहका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने भएको हो ।

शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्था जाँच गर्ने, ६ देखि २३ महिनाका बालबालिकालाई बुहुसुक्ष्म तत्व बालभिटा पोषणस्थिति लेखाजोखा आवश्यक व्यवस्थापनका लागि स्थानीय तहलाई जानकारी गराउने मन्त्रालयले जनाएको छ ।