स्वास्थ्य

मुटु स्वस्थ राख्नका लागि खानुहोस् यी खानेकुरा



मुटु स्वस्थ राख्नको लागि हामीले कस्तो खानेकुरा खाने भन्ने बारेमा थाहा पाउन आवश्यक छ । जसले गर्दा मुटुलाई स्वस्थ राख्नबाट मात्र होइन, क्यान्सरको खतराबाट पनि बचाउँछ ।

हेर्नुहोस मुटु स्वस्थ राख्नको लागि खानेकुराहरु :

१. रायोको साग, तोरीको साग, मुलाको सागलगायत हरियो तरकारीले मुटुलाई स्वस्थ राख्नबाट मात्र होइन, क्यान्सरको खतराबाट पनि बचाउँछ ।

२. सागपातमा बोसो, क्यालोरी अत्यन्त कम हुन्छ, फाइबर फोलिक एसिड, म्याग्नेसियम, क्याल्सियम, पोटासियम पनि हुने भएकाले मुटुलाई स्वस्थ राख्न सागपात धेरै खानुपर्छ

३. गहुँबाट बन्ने खानाका परिकार तथा जौबाट बनाइने ‘ओट्स’ मुटुका लागि अत्यन्त स्वास्थ्यवद्र्धक हुन्छ । यस्ता खानेकुरा खानाले शरीरमा भएको एलडिएल (खराब कोलेस्ट्रोल) हट्छ । ब्रेकफास्टमा यस्ता खानेकुरा खाँदा मुटुका समस्याबाट बच्न सकिन्छ ।

४. रातो मासुको सट्टा सोयाबिनको सेवन बढी गर्नाले हाम्रो शरीरले धेरै फाइदा पाउँछ शरीरको बोसो पगाल्न पनि यसले सहयोग गर्छ ।

५. मुटु स्वस्थ राख्न ओलिभको तेलमा ‘मनोअनस्याचुरेटेड’ बोसो हुने भएकाले मुटुलाई ओलिभको तेलले स्वस्थ राख्न सहयोग गर्छ ।

७. गोलभेँडा भिटामिनको अत्यन्त राम्रो स्रोत हो र यसले रगतलाई शुद्ध बनाउने काम गर्छ ।