स्वास्थ्य

भारतमा पनि भेटियो कोरोनाको संक्रमण



कोरोना भाइरसको संक्रमण भारतमा पनि भेटिएको छ ।

भारतले बिहीबार नोभेल कोरोना भाइरसको पहिलो संक्रमण भेटिएको पुष्टि गरेको हो । भारतका संघीय स्वास्थ्यमन्त्रीले चीनको वुहानबाट फर्किएका एकजना विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि गरेका हुन् ।

केरला राज्यका स्वास्थ्यमन्त्री केके शैलजाले बिहीबार दिउँसो ३ बजे आपतालीन बैठक बोलाएकी छन् । चीनमा यस प्रकोपका कारण १७० जनाको मृत्यु भएको छ भने सात हजारभन्दा बढी संक्रमित छ्न ।