विचार/ब्लग

बाबुराम, आङ्गकाजी र बिश्वदिपलाई अपहरण, शारीरिक बन्धक र साइबर क्राइम मुद्दा लगाउनुपर्छ



दामोदर दंगाल

आङ्गकाजी तिमीहरुको नौटंकी पनि अच्चमै पो देखियो त होटेल मेरियट अगाडि पनि !! तिम्रो आतंककारी शैली र नयाँ अपहरणकारी र गुण्डागर्दी शैलीको बोलिमा केही तुकनै छैन । यदि तिम्रा नेता बाबुराम भट्टराई र नौटंकी बिश्वदिपको कुरा मान्ने हो भने आफू अपहरण परेको बेला आफ़्नो अगाड़ी छिमेकी देख्दा त कत्रो आड हुन्छ भने डा. सुरेन्द्र त झन तिमीहरुको झुन्डबाट डराएर भागेको पो देखियो ।

डाक्टरले आङ्काजीको विश्वास पनि देखिएन र तिम्रो दवावलाई बाल दिएकि देखिएन । अच्चम्मको मित्रता र पार्टी गत सम्बन्ध पो रहेछ तिम्रो आफ्नो पार्टीका साथीहरुको बीचमा । दुःख पर्दा साथीको र पार्टीको साथ चाहिन्छ भनिंन्थ्यो । अंगकजी त साथीको नाममा धब्बा पो रहेछ, भन्ने पो देखियो ।

अभाव, प्रभाव र दवावकाबीच डा. सुरेन्द्रलाई गरिएको अपहरण तिम्रो आफ्नो समाजिक सञ्जाल फेसबुकमा गरेको लाइभ, डा. सुरेन्द्र र बाबुरामले फरक फरक दिनमा बाबुरामको घरबाट एउटै सोफामा बसेर ढाँट्दै दिएको अन्तरवार्तालगायतबाट नै प्रष्ट छ । त्यती मात्र होइन, प्रदेश नं. २ का सांसद कौशल यादवसँग भएको अडियो कुराकानीबाट अझै स्ष्ट भन्न सकिन्छ कि तिमीहरुको राजनीतिक फण्डा भण्डाफोर भइसकेको छ । यो भण्डाफोर सँगै तिमीहरुको जालझेलको खेल पनि समाप्त भयो ।

तिमी डा. सुरेन्द्रलाई बिश्वदिपको आयोजनामा धम्काएर अपहरण गरेर बाबुरामको घरमा लैजाने मतियार पो रहेछौ । अब अपहरण तथा शरीर बन्धक तथा साइबर क्राइमको मुद्धा तिमी, बाबुराम, हिसिला र बिश्वदिपलाई लगाइनेछ । झुटो मुद्दा बोकेर प्रहरी र सरकारी वकिलको कार्यालय धाउने डा. सुरेन्द्रलाई पनि मुद्धा चलाई जेलको यात्रा तर्फ अगाडि बढाइनेछ ।

(लेखक नेकपा भक्तपुर जिल्ला कमिटी सदस्य तथा पूर्वयुवा संघ नेपाल लेखा आयोग प्रमुख हुनुहुन्छ)