राजनीति

समाजवादको कार्यान्वयनसँगै वर्गीय विभेदको खाडल पुरिन्छ : मुख्यमन्त्री पोखरेल



काठमाडौँ, १९ वैशाख । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले समाजवाद उन्मुख राज्यव्यवस्था व्यवहारमा कार्यान्वयन गर्दै जाँदा समाजमा वर्गीय विभेदको खाडल पुरिदै जाने निश्चित रहेको बताउनुभएको छ ।

आज मे १ अन्तर्राष्ट्रिय मजदुर दिवशको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमिकहरुप्रति शुभकामना व्यक्त गर्दै उहाँले श्रम शक्तिको विकासवाट नै समृद्ध राष्ट्रको निर्माण सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँको शुभकामना सन्देश

२०७७ मजदुर दिवसको शुभकामना अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा समस्त श्रमजीवी दाजुभाइ दिदीबहिनीलाई शुमकामना व्यक्त गर्दछु । नेपाली समाजमा लामो समयसम्म श्रमलाई हेयका दृष्टिकोणले हेर्ने सामाजिक मान्यता रह्यो । कतिपय श्रमका क्षेत्रहरुमा नेपाली श्रमशक्तिको सहभागिता समेत देखिदैन ।

जसबाट वर्षेनी अरवौको पूँजी रेमिट्यान्सका रुपमा पलायन भइरहेको छ । श्रम शक्तिको विकासवाट नै समृद्ध राष्ट्रको निर्माण सम्भव छ । श्रम शक्तिको सम्मानको वातावरण बनाएर अघि बढ्न हामी दृढ संकल्पित छौं । ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएको छ । तीनै तहका जननिर्वाचित सरकार नागरिकका आकांक्षा पूरा गर्न क्रियाशिल छन् ।

विकास र समृद्धिको नागरिकको आकांक्षा पुरा गर्न श्रमशक्तिलाई अर्थतन्त्र र मुलुकको पूर्वाधार विकासमा लगाउनु अनिवार्य छ । मुलुकमा आजको यो परिस्थिति २००७, २०४६ र २०६२/०६३ माभएका राजनीतिक आन्दोलन र क्रान्तिको सफलताबाट निर्माण भएको हो । उक्त आन्दोलनमा नेपाली श्रमिकवर्गको सहभागिता र बलिदान अविस्मरणीय छ । नयाँ संविधानले एकात्मक र केन्द्रीकृत राज्य व्यवस्थाको अन्त्य गरी संघात्मक र समाजवाद उन्मुख राज्यव्यवस्थाको स्थापना गरेको छ । संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख राज्यव्यवस्था व्यवहारमा कार्यान्वयन गर्दै जाँदा समाजमा वर्गीय विभेदको खाडल पुरिदै जाने निश्चित छ । श्रमिकवर्गको हितका लागि सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरी कार्यान्वयन अघि बढाएको छ । यो कार्यक्रम व्यवहारिक रुपमा कार्यान्वयन हुँदै श्रमिकवर्गको हित र सम्मान स्थापित हुनेछ । यतिखेर हामी विश्व मामहामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको संघर्षमा छौं ।

नागरिकलाई कोरोना भाइरसबाट संक्रमित हुन नदिन सरकारले मुलुकलाई लकडाउनमा राख्ने बेलैमा निर्णय गरेकाले समुदायमा संक्रमण बढेको छैन । कोरोना विरुद्धको संघर्षमा तीनतहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढेका छन् । राजनीतिक, प्रशासनिक र सुरक्षा निकायलाई एकीकृत र व्यवस्थित रुपमा परिचालन गरिएको छ ।

अहिलेसम्म हामी सुरक्षित छौं तर जोखिमबाट मुक्त छैनौं, कोरोनाविरुद्ध लड्दै प्रदेशलाई कोरोनाबाट सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरेका छौं । लकडाउन लामो हुँदा दैनिक ज्यालादारीमा जीवननिर्वाह गर्नेहरुले कठिनाइ व्यहोर्नु परेको हामीले बुझेका छौं । यो कठीन समयमा कोही नागरिक भोकै बस्न पर्ने अवस्था आउने छैन ।

दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने नागरिकको राहतको लागि आवश्यक प्रवन्ध मिलाइएको छ । म अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा श्रमशक्तिको विकासबाट नै समृद्ध नेपालनिर्माण सम्भव हुन्छ भन्ने मान्यताका आधारमा अघि बढ्न हार्दिक अपील गर्दछु । सम्पूर्ण श्रमजीवी वर्गमा अन्तर्राष्ट्रिय श्रमिकदिवस ९मई १०को उपलक्षमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

शंकर पोखरेल

मुख्यमन्त्रीa