राजनीति

मन्त्री पोखरेल तथा संयुक्त राष्ट्र संघ र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिबीच भेटवार्ता



काठमाडौँ, २३ वैशाख । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल तथा संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि (संयोजक) भ्यालेरी जुलियाण्ड र विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि जोश भ्याण्डेलारले शिष्टाचार भेट गर्नुभएको छ ।

आज सिंहदरवार स्थित रक्षा मन्त्रालयमा भएको भेटवार्तामा विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका बारेमा छलफल भएको बताइएको छ । भेटवार्ताका क्रममा मन्त्री पोखरेलले नेपालले चालेका कदम तथा वर्तमान अवस्थाको वारेमा जानकारी गराउनुभयो । त्यस्तै उहाँले सरकारले आगामी दिनमा सरकारले चाल्न कदमको बारेमा समेत जानकारी गराउनुभएको बताइएको छ ।

राष्ट्रसङ्घीय प्रतिनिधिहरुले सीमित स्रोत साधनका बीच नेपालले कोरोना रोकथाममा चालेका कदमहरु प्रशंसनीय रहेको र अन्य आवश्यक सहयोग परेमा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँहरुले क्वारेन्टाइनमा रहेका महिला र बालबालिकालाई विशेष ढङ्गले व्यवहार गर्नाका साथै बन्दाबन्दीको अवधिका बारेमा निर्णय गर्दा एकैपटक खुला गर्ने नभई समग्र परिस्थिति विचार गरी अघि बढ्न सुझाव दिनुभयो ।