विचार/ब्लग

उपत्यकाको सबैभन्दा लामो साँगाको झोलुङ्गे पुल बनेपछि भौतारिएका विपक्षी र कथित पत्रकार



धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा स्थापीत साँगामा उपत्यकाकै सवैभन्दा लामो झोलुङ्गे पुल बनेपछि ब्यापारमा असर पर्ने साँगाका ब्यापारीहरु र स्थानीय मुठी भरका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का आवाज जस्ताको तस्तै राखेर समाचार बनाउने हाम्रा पत्रकार हेर्दापनी घिन लाग्दो रहेको छ !

पत्रकारको धर्मको रुपमा रहेको हुन्छ कि सत्य र तथ्यलाई जस्ताको तस्तै जनताको माझ पुर्याउनु पर्छ । नेपालको संविधानको धारा २७ अनुसार आम नेपाली नागरिकले पाउने सूचना तथा जानकारीको प्रभावकारी भूमिका निर्वाह गर्ने सवैभन्दा महत्वपूर्ण जिम्मेवारी सञ्चार माध्यममा रहेको हुन्छ । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नु नै सच्चा पत्रकारीता हो । जनतालाई सूचनाबाट सूचीत गराउने महत्वपूर्ण जिम्मेवारी रहेको सञ्चाल जगतले नै केही स्वार्थका कारण राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो बनाउन उघर रहेको प्रमाणहरु प्रसस्त नै रहेका छन् । यसकै एउटा उदाहरण हो, सूर्यविनायक नगरपालिकाको वडा नं. ९ र १० को सीमा क्षेत्रमा निर्माण गरिएको उपत्यकाकै सवैभन्दा लामो झोलुङ्गे पुल ।

स्मरण रहोस् यो पुल भक्तपुर जिल्ला र सूर्यविनायक नगरपालिकाको उत्कृष्ट पर्यटकीय स्थल हो । संसारको अग्लो महादेव कैलाशनाथ र मंजु श्रीले उपत्यकाको तलाउलाई कटाउनु अगाडी पूर्वी नेपालका मान्छेहरु पानीजहाज चडने ठाउँ र आदि गणेश (मुसि गणेश) अनि सबैको आशा पुरागर्ने आशापुरी महादेवको संगम स्थल हो ।

यो निर्माण भएपछि भक्तपुरका नंखेल, चित्तपोल र काभ्रेको साँगाको क्षेत्र आर्थिक ब्यापारिक र पर्यटनको महत्वपूर्ण क्षेत्र हुनेछ । झोलुङ्गे पुल हेर्ने रहर पूरा नभएका उपत्यकाको जनताले आफ्नै आँगनमा पुल हेर्न पाउनेछन् । पुल अग्लो भएर हाइवे माथी भएर दुर्घटना हुने होइन ।

नेपालको बाग्लुङमा त्यो भन्दा अग्लो पुल छ । दोधारा चाँदनीको महाकाली नदिमा नेपालकै लामो पुल छ । अहिलेसम्म कुनै दुर्घटना या जोखिम भएको सुनिएको छैन । कसैले आत्महत्या गर्न चाहे भने त्यसलाई दुरुपयोग गर्न सक्छन् । त्यो कुरामा नगरपालिकाले सचेतना अपनाउँदै सुरक्षा विधि अपनाउने नै छ ।

बरु विकासको डाहाले कोही पत्रकार, व्यापारी र बिपक्षीले आत्महत्या गर्न खोजे पनि नगरपालिकाले जोगाउने छ । किनकी यो पुल सूर्यविनायक नगरपालिकाको गौरवको पुल हो र यसले पालिकाको राम्रो आम्दानी गराउनेछ, भने स्थानीय जनताको आर्थिक स्तर र रोजगारी बडाउनेछ ।

हामीले ठूलो प्रयत्न गरेर हाम्रो क्षेत्रको सांसद महेश बस्नेतको पहलमा यो काम भएको छ । अतयब सक्नुहुन्छ भने समर्थन गर्नुहोस अन्यथा हाम्रो भावना भन्दा बाहिर गएर विरोध गर्ने कुनै नैतिक अधिकार तपाईंहरु संग छैन ।

लेखक :

उपेन्द्र केसी–वडाध्यक्ष सूनपा ९
सिवराम राउत–वडाध्यक्ष सूनापा १०