राजनीति

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखियो



काठमाडौँ, १५ असोज । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आज गजुर प्रतिस्थापन गरिएको छ ।

२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको आज सुनको लेपन भएको गजुर राखिएको छ ।

मन्दिरको शिरमा रहेको गजुरको कुल उचाई ६ फुट १० इन्च रहेको छ । ताम्रपत्रमा सुनको लेपन लगाएर गजुर तयार गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद आर्यालले मन्दिरमा राखिएका सबै गजुरमा करिब २८ तोला सुनको जलप लगाइएको जानकारी दिए ।