राजनीति

नेकपा सचिवालय बैठक आज बस्दै



काठमाडौँ, १७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।

अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भएको भेटमा सचिवालय बैठक आज दिउँसो ४ बजे बालुवाटारमा बोलाउने सहमति भएको हो ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरी मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेको भन्दै नेकपाका शीर्ष नेताहरु असन्तुष्ट छन् । पार्टीका आन्तरिक विवाद तथा सरकारका सबै विषयलाई सचिवालय बैठकमै छलफल गर्ने अध्यक्षद्वयबीच सहमति बनेको नेकपा स्रोतले जनाएको छ ।