राजनीति

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता



File photo काठमाडौँ, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार बिहान शितल निवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटमा पछिल्लो समयसामयिक परिस्थितीका बारेमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ ।