राजनीति

मलाई लाठी खान मन छ : अध्यक्ष दाहाल



काठमाडौँ, ४ माघ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक लाठी खाएर टाउको फुटाउन मन भएको बताएका छन् ।

आज प्रचण्ड-माधव नेपाल निकट अनेरास्ववियूको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले युवा विद्यार्थीलाई आक्रामक बन्न निर्देशन दिँदै आफू अग्रभागमा उभिएर लाठी खान तयार रहेको बताएका हुन् ।

उनले भने– मलाई यसपटक किन किन टाउको चिलाएको छ, उहिले गिरिजाबाबु जस्तै आन्दोलनको अगाडि जान्छु । यसपटक लाठी खान मन छ, आन्दोलन आक्रामक बनाउनुस् ।

विद्यार्थी भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू हिजो जनयुद्ध गर्दा पनि मर्न तयार भएर हिँडेको र फेरि पनि मर्न तयार रहेको बताए । उनले विद्यार्थीलाई आक्रामक र आवेगमा आउन निर्देशन दिँदै भेजिटेरियन (शाकहरी) खालको आन्दोलनले काम नहुने बताए ।