राजनीति

सभापति देउवा र नेता पौडेलबीच भेटवार्ता



काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

सोमबार अपरान्ह देउवा बोहराटारस्थित पौडेलनिवासमा पुगेका देउवा निकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार पार्टीको आन्तरिक विषयमा छलफल गर्न देउवा पौडेल निवास जानुभएको हो ।

पछिल्लो समय कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न पार्टीका दोस्रो तहका नेताले काम गर्दै आइरहेका छन् । त्यसलाई अन्तिम रुप दिने विषयमा देउवा र पौडेलबीच छलफल हुने अनुमान गरिएको छ ।