Banner News

‘चुनावमा गए गणतन्त्र समाप्त हुन्छ भन्नु कमजोर मानसिकताको उपज’



काठमाडौँ, ६ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज भएको बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नयाँ जनादेशले झनै सुदृढ हुने बताएका हुन् ।

उनले फेसबुक स्टाटसमा लेखेका छन्, “मुलुक चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज हो । नयाँ जनादेशले त झनै सुदृढ हुन्छ नि ।”

https://www.facebook.com/shankar.pokhrel.946/posts/1769562803199595