राजनीति

भारतले दियो नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप



काठमाडौँ, ७ माघ । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप सहयोग गरेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिए ।

उनका अनुसार अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्नेछ । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने छ ।

पत्रकार सम्मेलनमा भारतीय राजदूत विनय मोहन क्वात्राको पनि सहभागिता रहेको थियो ।