समाचार

अशक्त र ज्येष्ठ नागरिकलाई घरमै पुगेर काेराेनाविरुद्धकाे खोप लगाइने



काठमाडौँ, १७ फागुन । सरकारले कोभिड-१९ विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ ।

सरकारले ५५ वर्षमाथिका नागरिक, दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि खोप अभियान सुरु गर्न लागेको छ । स्वास्थ्य मन्त्रालयका खोप केन्द्रमा आउन असमर्थका लागि स्थानीय मोबाइल टोली खटाएर घरमै पुगेर लगाउने तयारी भएको हो । त्यसअघि सरकारले सङ्घीय संसदका सांसदहरुलाई खोप दिने तयारी गरेको छ ।

समुदायमा खोप लगाउनुअघि सकारात्मक सन्देश दिन सांसदहरुलाई खोप लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।