राजनीति

‘मेरो विरोधीसँग साँठगाँठ गरी म माथि झुट आरोप लगाइयो’



काठमाडौँ, १० चैत । नेकपा एमालेका युवा नेता तथा व्यवसायी ध्रुव अधिकारीले आफ्नो विरोधीसँग साँठगाँठ गरी केही अराजक तत्वहरुले झुटा आरोप लगाएको स्पष्ट पार्नुभएको छ ।

माधवकुमार नेपाल समूहको अनेरास्ववियुले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा ध्रुव अधिकारीले १०० वटा वाइक र्यालीमा पठाएको भनि प्रचार गरिएको थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिनुभएका नेता अधिकारीलाई माधव समूहको कार्यक्रममा सहयोग गरेको भनि प्रचार गरिएको थियो । ‘प्रचारमा भनिएको थियो– आज सुदेशको कार्यक्रममा चक्रपथ बाट चक्रेले २०० ओटा बाइक र ठमेलबाट चरिको दाइ ध्रुब अधिकारीले १०० ओटा जति बाइक पठाए छन् र अलिकति लाज ढाक्ने कोसिस गर्दै छ ।’

सो कुरालाई खण्डन गर्दै नेता अधिकारीले आफुलाई अनावश्यक विवादमा मुछाउन खोजेको भन्दै आक्रोस जनाउनुभयो । माधव नेपाल समूहको अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा आफ्नो कुनै संलग्नता नरहेको उल्लेख गर्दै उहाँले आफ्नो केही विरोधी तत्वहरुसँग साँठगाँठ गरी झुट प्रचार गरिएको बताउनुभयो । माधव समूहका विद्यार्थी नेता सुदेश पराजुलीसँग आफुलाई जोडी भ्रमको खेती नगर्न समेत उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले कसैलाई सहयोग गरेको छैन । अरुले गरेको कार्यलाई मसँग जोड्नु सरासर गलतमात्र नभई निन्दनीय रहेको छ । म आफु जहिले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षधर हुँ । मेरो अहिले पनि मान्यता के हो भने माधव समूहले आत्मालोचनासहित केपी ओलीको नेतृत्वलाई स्वीकार गर्दै आम नेपाली कम्युनिष्ट विधार धारा बोक्ने जनता तथा सम्पूर्ण नेपाली जनताको भावनालाई समेट्दै अगाडी बढ्नुपर्छ । माधव समूहले गुटको आयोजना गर्नु हुँदैन । पार्टीको निर्देशन, विधि, विधानलाई आत्मसात् गर्नुपर्छ ।’