राजनीति

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै



काठमाडौँ, २८ साउन । १४औँ महाधिवेशनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएकोले केन्द्रीय समिति बैठकमा यसबारे छलफल गरी निर्णय हुने सम्भावना छ ।

यसअघि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न अब सम्भव नदेखिएकोले महाधिवेशन सार्नुपर्ने निष्कर्ष निकालेको छ ।

सभापति देउवाले मंसिरमा महाधिवेशन गर्नुपर्ने बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौमै वडा तहलगायत तल्ला तहका महाधिवेशन सुरू गरेर असोजमा महाधिवेशन गर्नुपर्ने बताएका छन् ।