राजनीति

सांसद बस्नेतको मन्त्री श्रेष्ठलाई प्रश्नः तपाई स्वास्थ्य माफियासँग मिल्नुभएको हो ?



काठमाडौँ, २८ साउन । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई स्वास्थ्य माफियासँग मिल्नुभएको हो ? भनि गंभिर प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारको स्वास्थ्य तथा जनसंख्या क्षेत्रकको आगामी कार्ययोजना र व्यवस्थापनको बारेमा जानकारी गराउनुभएसँगै सांसद बस्नेतले प्रतिप्रश्न गर्दै नयाँ नयाँ मेडिकल कलेज खोल्नुपर्ने समयमा विगतको सरकारले दिएको सम्बन्धनलाई समेत खारेज गर्ने योजना बनाएकोमा उहाँले मन्त्री श्रेष्ठलाई स्वास्थ्य माफियासँग मिल्नुभएको हो कि ? भनि प्रश्न गर्नुभयो । नेपालमा हजारौं विद्यार्थी एमविविएस पढ् चाहेको तर नेपालमा अध्यापन गराउने व्यवस्थापकीय क्षमता नभएका कारण विदेश जान बाध्य भएको उल्लेख गर्दै उहाँले उक्त विद्यार्थीलाई अध्ययनको लागि विदेश जानबाट रोक्न सके नेपालको अरवौं रकम जोगिने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले ११ हजार विद्यार्थीले एमविविएस पढ्न चाहेका छन् । १८ सय २५ भन्दा हाम्रो क्षमता छैन । ९ हाजर विद्यार्थी विदेश जान बाध्य छन् । जसबाट ९० अअर्वभन्दा बढी रकम विदेश जाँदैछ । यो बारेमा तपाईले विगतमा मेडिकल कलेजलाई दिएका सम्बन्धनहरुलाई क्यान्सील गर्ने भन्दै हुनुहुन्छ । नयाँ नयाँ मेडिकल कलेज खोल्नुपर्ने होइन र ? तपाई स्वास्थ्य माफियासँग मिल्नुभएको हो कि ?’

वैकल्पिक उपायहरु नबनाई तथा स्वास्थ्य मापदण्ड पालना नगरी सरकारले विभिन्न तहहरुको परिक्षा गराईरहेकोमा आक्रोस जनाउँदै नेता बस्नेतले वर्तमान सरकार विद्यार्थीको जीवनमाथि गंभिर खेलवाड गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थीहरुको परिक्षा स्वास्थ्य मापदण्ड पुरा नगरी किन लिईँदैछ ? किन यस्तो भद्रगोल गरिँदैछ ? वैकल्पिक उपाय किन सोचिएन ?’

खोप लगाउने र प्रमाणपत्र लिनको उस्तै लाईन लाग्नुपरेको दुःखद् अवस्था रहेको उल्लेख गर्दै सांसद बस्नेतले जनताको स्वास्थ्यलाई सहजता पैदा गर्ने के योजना छ ? भनि प्रश्न गर्नुभयो । जनतालाई कोरोना विरुद्धको खोप लगाई जीवन रक्षाको निम्ती सरकारले महत्वपूर्ण भूमिका खेल्न नसकेको उल्लेख गर्दै सांसद बस्नेतले विगतमा मेयरको घरमा खोप देखियो, कांग्रेसको उपसभापतिको घरमा खोप देखियो, होटलमा खोप देखियो, यसलाई रोक्नको लागि के योजना बनाउनुभएको छ ? भनि प्रश्न गर्नुभयो ।

मन्त्री श्रेष्ठले कांग्रेसको लेटरप्याडमा तोक लगाई धुनकुटा पठाएकोमा मन्त्रीको नैतिकतामाथि नै गंभिर प्रश्न चिन्ह खडा भएको उल्लेख गर्दैै उहाँले भन्नुभयो, ‘पछिल्ला बेलामा धनकुटाबाट कांग्रेसको लेटरप्याडमा तपाई स्वंयले तोक लगाएर पठाउनुभएको छ, यसको बारेमा तपाईसँग नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन ?’

भक्तपुर क्यान्सर अस्पताल, मानव प्रत्यारोपण केन्द्र, छाति रोग, टिवी रोगलगायतको लागि चार अर्वभन्दा बढी बजेट छुट्याइएको उल्लेख गर्दै नेता बस्नेतले उक्त समग्र कुरालाई भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनको लागि सरकारको के योजना बनाउनुभएको छ ? यसलाई भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनको लागि प्रकृया अगाडि बढाईयोस ।