अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २८ भदौ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला ३ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १२ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।