अर्थ

घट्यो सुनको मूल्य



काठमाडौँ, ३१ भदौ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ७ सयले घटेर प्रतितोला ९० हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १२ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।