अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १० असोज । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रहदै प्रतितोला ८९ हजार मा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।