अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १८ बैशाख । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।