अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २२ बैशाख । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १४ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८ हजार १ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।