अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २३ बैशाख । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।