अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १७ जेठ । आज पनि बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार ७५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।