अर्थ

पूर्व तयारी विनानै बजेटका कार्यक्रमः अर्थविद्



काठमाडौँ, १९ जेठ । बजेटपछिको छलफल कार्यक्रममा अर्थविद्हरूले पूर्वतयारी बिना नै बजेटका कार्यक्रमहरू आएको बताएका छन् ।

नेपाल आर्थिक संघले आयोजना गरेको आर्थिक वर्ष २०७९र०८० को बजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले पूर्वतयारी बिना बजेटमा कार्यक्रम समावेश गरिएको बताएका हुन् । कार्यक्रममा अर्थविद् डा। पोषराज पाण्डेले बजेट निर्माण गर्न अर्थमन्त्रीसँग स्रोत नै नहुने गरेको बताए । बजेट निर्माण गर्दै गर्दा प्रदेश तथा स्थानीय तहदेखि कर्मचारीलाई तलब भत्ता वितरण गर्न नै अधिकांश स्रोत खर्च हुने गरेको पाण्डेको तर्क छ।“

सर्वप्रथम त प्रदेश र स्थानीय तहलाई बजेट छुट्याउनु पर्यो । बाँकीरहेको रकममा आन्तरिक र बाह्य ऋणको ब्याज तिर्नुपर्यो त्यसपछि कर्मचारीको तलब भत्तादेखि सामाजिक सुरक्षा भत्ताहरू वितरण गर्नुपर्यो । त्यसपछि बाँकी रहेका बजेट संवैधानिक अंगहरूमा खर्च हुन्छ । अर्थमन्त्रीसँग नयाँ कार्यक्रम ल्याउन ५० देखि ६० अर्ब रुपैयाँ भन्दा धेरै बच्दैन”, उनले भने । यो समाचार आजको कारोबार दैनिकमा छ ।