अर्थ

परिसूचक नेप्से २४.५८ अंकले घट्यो



काठमाडौँ, २३ वैशाख । आज सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले घटेको छ । आइतबार २४.५८ अङ्कले घट्दै नेप्से परिसूचक १९७४.३७ विन्दुमा रह्यो । 

बिहीबार ४ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७९ करोडमा खुम्चियो । माइक्रोफाइनान्स र निर्जीवन बीमा झिनो अंकमा हरियो रहे भने अरु सबै समूगत सूचक घटे । माइक्रोफाइनान्स ६.८ र निर्जीवन बीमा ४ अंक बढे । विकास बैंक, फाइनान्स र उत्पादन समूह २ प्रतिशतभन्दा धेरै घटे ।

बैंकिङ ११, विकास बैंक १०९, फाइनान्स ४४, होटल तथा पर्यटन ८५, हाइड्रोपावर ३८, जीवन बीमा १७३, उत्पादन १५५, अन्य १३, ब्यापार १३ अंक घटे । दोल्ती पावरको ९.५, साधना लघुवित्तको ८.७, समता लघुवित्तको ८.७, आरएसडीसी लघुवित्तको ३.७ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै पिपुल्स पावरको ९.९, सिंगटी हाइड्रोपावरको ७.५, हिमालयन डिस्टिलरीको ६.३, जानाकी फाइनान्सको ५.६, बोटलर्स नेपाल तराईको मूल्य ५.२ प्रतिशत घट्यो ।