अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २० जेठ । आज पनि बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ९ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।